व्यासमा डेंगु नियन्त्रण कार्यः मेयर न्यौपानेको नेतृत्वमा ‘खोजौं र नष्ट गरौं’ अभियान

Devghat Online

शेयर गरौ

दमौली, असोज ११

दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि तनहूँको व्यास नगरपालिकाले लामखुट्टेको लार्भा ‘खोजौं र नष्ट गरौं’ अभियान तीव्र पारेको छ । नगरपालिकाले बजार क्षेत्रहरुमा रहेका वडाहरुमा डेंगु रोकथाम र न्यूनिकरणका लागि सरसफाइ देखि सचेतना कार्यक्रम सँगै लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको हो ।

नगरपालिकाले बुधबार देखि सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल विकास संस्था, राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘त्यस बाहेक प्रदेश सरकारबाट खटिएका चिकित्सक सहितको विशेष टोलीलाई वडाका जनप्रतिनिधिको नेतृत्वमा घरघरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ । यता तनहूँ प्रशासनको समन्वयमा दमौली बजारमा सरसफाइको कार्य तीव्र पारिएको छ ।’ मेयर न्यौपानेकै नेतृत्वमा नगरपालिकाले लार्भा खोजौं र नष्ट गरौं अभियान सन्चालन गरेको हो ।

विहिबार नगरपालिकाले बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, टोलमा सरसफाइ गरिएको मेयर न्यौपाने बताए । नगरप्रमुख न्यौपानेले डेंगु नियन्त्रणमा जिल्ला समन्वय समिति तनहूँ, जिल्ला प्रशासन कार्यालय तनहूँ, नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न सामाजिक संघ सस्थाको सहयोग पाएको बताए । त्यस्तै विहिबार देखि नै घरघरमै चिकित्सक, जनप्रतिनिधि सहितको टोली पुगि बिरामीको अवस्था बुझ्ने गरेका नगरपालिकाको स्वास्थ्य तथा जनंसख्या शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

टायर, ड्रम, गमला, फ्रिज, कुलर सहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको सोतीले बताए । दमौली बजारमा डेंगु रोगको संक्रमण फैलिएपछि नगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो ।

टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्ने स्वास्थ्य शाखा प्रमुख सोतीले बताए । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण