डिजल चोरी गरेको आरोपमा दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज ११

डिजल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई विहिबार पक्राउ गरेको छ ।

विहिबार विहान ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट गस्तीमा खटिएको प्रहरी टोलिले आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पार्किङ गरी राखेको चाईना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी लि.को रोलरबाट डिजल चोरी गर्दै गरेको अवस्थामा बन्दिपुर गाँउपालिका–५ याम्पाका २७ बर्षिय सुलोचन भट्टराई र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर १० का २८ बर्षिय रामबहादुर चमारलाई पक्राउ गरेको हो ।

भट्टराई र चमारले उक्त रोलरबाट ११० लिटर डिजल चोरी गरी बा. २० च. ७४९ नं.को ईसुजु हाईलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनुहँका डिएसपी मोहनबहादुर खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले