रविले भने–पुराना दलले मिसन ८४ भनेको फिटिक्कै सुहाएन, चार वर्ष काम गरेर देखाउनुस्

Devghat Online

शेयर गरौ

चितवन, असोज १२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरुले मिसन ८४ भनेको फिटिक्कै नसुहाएको बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेख्दै रास्वपा बाहेकको सहमतिय सरकार बनाएर बाँकी चार वर्ष काम गरेर देखाउन चुनौती दिए । २०८४ को चुनाव आउनुअघि नै मिलेर काम गर्न र २०८४ को चुनावमा आफ्नो जमानत जफत गरेर देखाउन पनि उनले चुनौती दिए ।

उनले सामाजिक सन्जालमा लेखेका छन्–

सम्पुर्ण पुराना दलहरुलाई अपिल

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।

तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त । मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त ११ केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन ८१, मिशन८२, मिशन ८३ छदै छ त । यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४–४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४–४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण