विश्व मुटु दिवसमा आश्रमका जेष्ठ नागरिकको मुटु परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

विश्व मुटु दिवसको अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रित जेष्ठ नागरिकहरुको मुटुको जाँच तथा रक्त परिक्षण गरेको छ ।

सो अवसरमा आश्रम रहेका आमा तथा बुबाहरु तथा अन्य जेष्ठ नागरिकहरुको मुटुको परिक्षण गर्नुको अतिरिक्त मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी समेत प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले सो कार्यक्रमको उद्घाटन गर्दै जेष्ठ नागरिकलाई मुटु रोगको जोखिम धेरै हुने भएकोले आश्रमलाई छनोट गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय परोपकार महासङ्घ व्यास नगरपालिका–५ का अध्यक्ष तारानाथ घिमिरेले आश्रमलाई सम्झिएर प्राथमिकता दिएर मुटु परिक्षण कार्यक्रम राखेकोमा आयोजकलाई आभार प्रकट गरे । कार्यक्रममा स्वागत गर्दै प्रतिष्ठानको उपाध्यक्ष तथा व्यास नगरपालिका–३ दमौली स्थित नेशनल एपोलो हस्पिटलको सञ्चालक चुडामणी दाहालले सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि मुटु परिक्षण लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अववसरमा नेशनल एपोलो हस्पिटलका डा. गगनबहादुर बोहोरा तथा स्वास्थ्यकर्मी रबिना बिकले मुटु परिक्षण गरेका थिए । कार्यक्रममा आश्रममा आश्रित सहित २९ जनाको इसिजी मार्फत मुटुको परिक्षण गरिएको थियो ।

विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोगले गर्दा हुने गर्दछ । यो संसारको मृत्युको मध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागि नपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने प्रतिष्ठानले जनाएको छ ।

सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउने क्रम सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।

यस वर्षको मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुन धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी, ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन् ।

चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको