एमाले गन्डकीको सचिवमा विष्णुभक्त सिग्देलको उम्मेदबारी घोषणा

Devghat Online

शेयर गरौ

दमौली, असोज १३

नेकपा एमाले गन्डकी प्रदेशको यही असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिवेशनमा प्रदेश कमिटिको सचिवमा तनहुँका विष्णुभक्त सिग्देलले उम्मेदबारी घोषणा गरेका छन् । हाल प्रदेश कमिटिका सचिवालय सदस्य रहेका सिग्देलले अधिवेशनमा सचिव पदमा उम्मेदबारी दिने बताए ।

सिग्देल नेकपा एमाले तनहुँका पुर्व जिल्ला कार्यवहाक सचिव समेत हुन् । प्रदेश कमिटिको सदस्य मनोनित पछि सचिवालय सदस्य बनेका उनले आगामी दिनमा प्रदेश कमिटिलाई प्रभावकारी रुपमा सन्चालन गर्न र प्रविधिमैत्री बनाउन आफुले सचिव पदमा उम्मेदबारी घोषणा गरेको बताए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका सिग्देलले सचिवमा उम्मेदबारी घोषणा गरेपछि सचिवका अन्य आकांक्षीहरु समेत हच्किएका छन् । उनले पार्टीमा आफ्नो भुमिकाको नेताहरुले मुल्यांकन गर्ने विश्वास व्यक्त गरे ।

Facebook

यस अघि तनहुँका नेता केदार सिग्देलले प्रदेश कमिटिको अध्यक्षमा उम्मेदबारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण