बन्दिपुरमा वडाबाटै योजना सम्झौता सुरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १३

तनहुँको बन्दीपुर गाउँपालिकाले वडा वडामा पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना सहित शनिबार गाउँपालिकाको वडा नं. ६ बाट सम्झौताको काम शुरु गरेको हो ।

शनिबार सार्वजनिक बिदाको दिन पनि गाउँपालिका अध्यक्ष सहितको टोली वडा नं. ६ स्थित धरमपानी पुगी योजना सम्झौता गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले स साना योजनाहरु सम्झौता गर्न जाँदो दुख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताए ।

उनले भने, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बढाईने पालिकाले जनाएको छ ।

सम्झौता कार्यक्रममा योजना सञ्चालन देखी अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए।

यसैबिच शनिबार नै एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष थापाले धरमपानीमा अब छिट्टै प्रहरी चौकी र बैँकको शाखा ल्याउन समेत पहल भइरहेको बताएका छन् । उनले प्रहरी चौकी स्थापना हुनसाथ बैँक शाखा स्थापना हुने बताए ।

यस्तै गाउँपालिका अध्यक्ष सहितको प्रतिनिधिले  वडा नं. ६ को धरमपानी र ग्याजाटार जोड्ने झालुङ्गे पुल बन्ने स्थल समेत अबवलोकन गरेका छन् । धरमपनी र ग्याजाटारमा पुल नहुँदा त्यँहाँका स्थानिय घण्टौ यात्रा गरी धरमपानी आउ जाउ गर्न बाध्य छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र