इन्सेकको पहलमा बाल श्रमिकको उद्धार तथा पारिश्रमिक दिलाउन सहयोग

Devghat Online

शेयर गरौ

पोखरा, असोज २०

१५ र १६ वर्षीया बालिकालाई पोखरा महानगरपालिका–१२ स्थित बिजि अस्पताल हाताभित्र रहेको बिजि क्यान्टीनमा २०७९ वैशाख ४ गते देखि २०८० भदौ ३० गतेसम्म बालिकाहरुको अभिभावकको सहमतिबिना मजदुरी गराएर राखिएको र कुनै पारिश्रमिक नदिएको घटनामा इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराको पहलमा बालश्रमिकको उद्धार तथा उनीहरुको पारिश्रामिक दिलाउन सहयोग गरिएको छ ।

बालिकाका दिदिहरुले गत असोज २ गते पीडित बालिकाहरु सहित इन्सेकमा निबेदन दिएका थिए । उक्त निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलंले श्रम तथा रोजगार कार्यालयलाई बालिकाहरुको न्यायको लागि पहल गरिदिनको लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा श्रम कार्यालयले उक्त क्यान्टीनका सञ्चालक सिता सुवेदीलाई सम्पर्क गरि क्यान्टीनको दर्ता प्रमाणपत्र तथा नागरिकता सहित उपस्थित गराई दुवै पक्ष राखि छलफल चलाएकोमा सञ्चालकले उक्त कुरा स्वीकार गरेका थिए ।

क्यान्टिन सञ्चालक सिता सुवेदीले आफूले बालिकाहरुलाई काम गराएको स्वीकार गरेर बालिकाहरुले उक्त समय सम्म गरेको कामको पारिश्रमिक प्रति बालिका १ लाख २० हजार रुपियाँ बैङ्कमा खाता खोल्न लगाई २०८० असोज १६ गते बालिकाहरुको बैङ्क खातामा जम्मा गरिदिएको पीडित बालिकाकी दिदि ज्योति दर्जीेले बताइन् । पीडित बालिकाहरु अहिले आफ्नै दिदिहरुको संरक्षणमा बस्दै आएका छन् ।

क्यान्टीन सञ्चालकलाई बालश्रमसम्बन्धी ऐन २०५६ को दफा ६ बमोजिम स्वीकृत नलिई बालश्रम प्रयोग गरेको ठगर गर्दै प्रति बालिका ५ हजार गरि जम्मा १० हजार रुपियाँ जरिबाना तिराउने निर्णय गरिएको वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण