जिल्ला प्रशासन कार्यालय तनहुँ ‘अति उत्कृष्ट’

Devghat Online

शेयर गरौ

दमौली, असोज २०

गृह मन्त्रालयले गरेको कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँ ‘अति उत्कृष्ट’ घोषित भएको छ । मन्त्रालयले गरेको कार्य सम्पादन मुल्यांकलमा ९५ देखी ९० नम्बर सम्म प्राप्त गरेर तनहुँ ‘अति उत्कृष्ट’ बन्न सफल भएको हो ।

गृह मन्त्रालयले कार्य सम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकमा रहेर जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादक मुल्यांकन गरेको थियो । सो मुल्यांकनमा तनहुँ ‘अति उत्कृष्ट’ जिल्ला बन्न सफल भएको हो । मुल्यांकनको क्रममा तनहुँको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल थिए ।

देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मुल्यांकनमा ९७.७५ अंकसहित गुल्मी सर्वोत्कृष्ट भएको छ । अघिल्लो वर्ष पनि कार्यसम्पादन मूल्यांकनमा ९६.४४ प्रतिशत अङ्क प्राप्त गर्दै गुल्मी ‘अति उत्कृष्ट’ बन्न सफल भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै ९६.१३ अंकसहित जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम ‘अति उत्कृष्ट’को दोस्रो नम्बरमा परेको छ । यस्तै ९६ अंकसहित ‘अति उत्कृष्ट’को तेस्रो नम्बरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही परेको छ । ९५.८१ अंकसहित ‘अति उत्कृष्ट’ को चौथो नम्बरमा जिल्ला प्रशासन कार्यालय इलाम परेको छ । पाँचौंमा परेको नवलपरासी पूर्व परेको छ ।

त्यस्तै ९५ देखि ९० अंकसम्म प्राप्त गरेर तनहुँ सहित रुकुम पूर्व, डडेल्धुरा, काठमाडौं, पर्वत, बैतडी, प्यूठान र डोटी, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, मोरङ, संखुवासभा, कपिलवस्तु, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी पश्चिम, भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला र सिन्धुली ‘अति उत्कृष्ट’ जिल्ला प्रशासन कार्यालयमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण