बन्दिपुरमा निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक १०

यही कार्तिक १२ देखी १६ गतेसम्म बन्दिपुरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बन्दिपुर गाउँपालिका, बन्दिपुर अस्पताल र बिकोल फाउन्डेशन अमेरिकाको संयुक्त आयोजनामा बन्दिपुर अस्पतालमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

उक्त शिविरमा नेपाली र अमेरिकन चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् । शिविर अन्तर्गत कार्तिक १२ र १३ गते आँखा जाँच तथा औषधी वितरण हुनेछ । आँखा परिक्षणमा यदी मोती बिन्दुको शल्यक्रिया गर्नु परेमा कार्तिक १८ गते दृष्टि अस्पताल पोखरा र मंसिर ७ गते भानु नपा २ नारेश्वरटारमा निशुल्क शल्यक्रिया गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

यसैगरि १२ र १३ गते नै नाक, कान र घाँटीको निशुल्क परिक्षण र औषधी वितरण हुनेछ । यदी नाक, कान र घाँटीको शल्यक्रिया गर्नु परेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निशुल्क शल्यक्रिया गरिने छ ।

यस्तै कार्तिक १२ र १३ गते नै स्त्रि रोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण हुनेछ । यसैगरि १२ देखी १६ गतेसम्म अमेरिकन तथा नेपाली जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण र औषधी वितरण हुने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न