बारामा गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १३

करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ ।
बाराको सिडिओ नवराज सापकोटाले घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यू भएको पुष्टि गरे ।

अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।

मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र