अरिङ्गालले चिल्दा एकको मृत्यु, एक घाइते

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १३

तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भानु नगरपालिका–७ रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११ः५५ अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिल्दा घाइते भएका भानु नगरपालिका–४ फलाखेतका ३२ बर्षिय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गंभिर घाइते भएका छन् । निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको