देवघाटले अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १३

देवघाट गाउँपालिकाले गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण गर्ने भएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्तर्गत पुर्ण अशक्त र अति अशक्त क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछानेले जानकारी दिए ।

मंगलबारदेखी पाँच वटै वडा कार्यालय मार्फत ति सामाग्रीहरु वितरण हुनेछन् । वडा नम्बर ५ को मंगलबार दिउँसो वडा कार्यालयमा, वडा नम्बर १ को बुधबार दिउँसो वडा कार्यालयलमा, वडा नम्बर २ को सिम्लेकमा विहिबार दिउँसो, वडा नम्बर ३ को शुक्रबार वडा कार्यालयमा र वडा नम्बर ४ को शनिबार दिउँसो वडा कार्यालयमा ति सामाग्रीहरु वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए । उक्त सामाग्री लिन स्वयं अपाङ्गता भएका व्यक्ति वा उनका परिवारका सदस्य आउन सक्नेछन् ।

लत्ता कपडा र सहायक सामाग्री लिनको लागि लाभग्राहीले आ.व २०८०÷०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझेको पट्टा र देवघाट गाउँपालिकाले प्रदान गरेको अपाङ्गता परिचय पत्र साथमा लिएर आउनु पर्ने लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको