नेपाल र युएईबीचको सेमिफाइनल सकभर घरमै बसेर हेर्न क्यानको आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १६

आईसीसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटको सेफिाइनल खेल भोलि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेको छ ।

भोलि मुलपानी क्रिकेट मैदानमा हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न क्यानले आग्रह गरेको हो । क्यानले अनलाइनबाट ३५०० टिकट मात्र विक्री गरिने बताएको छ ।

आज एक सूचना जारी गर्दै मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूए बीच सेमिफाइनल खेलको लागि मात्र ३५ सय टिकट अनलाइन मार्फत आइएमई पे एपबाट काट्न सकिने जनाएको छ । मैदानमा टिकट बुथ नभएकाले निश्चित सङ्ख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत काट्न अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ,‘सम्पूर्ण दर्शकहरुलाई नेपाल र युएइ बिच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौ। साथै नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्युहरुलाई समेत मुलपानी मैदानको नेपाल र यूएई बीच हुने सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’

आसन्न टी २० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्न लागेको हो ।नेपाल समूह एको उप९विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो।

यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। आज भएको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष