राष्ट्रिय सभामा सांसद न्यौपानेको प्रश्नः तनहुँमा कहिले बन्छ सुविधा सम्पन्न अस्पताल ?

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १६

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले तनहुुँ जिल्लामा सुविधा अस्पताल कहिले बन्छ भनेर सरकारलाई प्रश्न गरेकी छिन् । राष्ट्रिय सभाको बैठकमा विहिबार बिशेष समयमा बोल्दै न्यौपानेले तनहुँबाट जितेर गएका सांसदहरु पटक पटक मन्त्री, उपप्रधानमन्त्री सभामुख तथा अहिले राष्ट्रपती सम्म बनेको तर तनहुँले अहिलेसम्म एउटा पनि सुविधासम्पन्न अस्पताल नपाएको बताइन् ।

निकै पुरानो दमौलीको जिल्ला अस्पताल जम्मा १५ शैयाको अस्पतालले माहामारीको प्रकोप थाम्न नसकेको भन्दै सांसद न्यौपानेले अहिले ६ हजार भन्दा बढि नागरिक डेंगु संक्रमणमा परेको र ५ जनाको मृत्यु समेत भईसकेको अवस्था रहेको जानकारी गराईन् ।

साथै दमौली अस्पतालको मृगौला उपचार केन्द्रमा तनहुँ सहित कास्की, गोरखा र लमजुङबाट समेत मृगौला पीडित बिरामीहरु उपचारको आएपनि सुविधा र उपकरण सहितको सम्पन्न मृगौला उपचार केन्द्र नहुँदा बिरामीहरु मारमा परेको बताइन् ।

सरकारको ध्यानाकर्षण गराउँदै सांसद न्यौपानेले भनिन् यस्तो अवस्थामा दमौलीका नागरिकको एउटै प्रश्न छ–दमौलीमा कहिले बन्छ सुविधा सम्पन्न अस्पताल ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले