यूएईलाई पन्छाउँदै नेपाल ट्वान्टी २० विश्वकपमा

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १७

नेपाल टी २० विश्वकप २०२४ मा चयन भएको छ । घरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएको हो । शुक्रबार मूलपानी मैदानमा भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई पराजित गर्दा नेपाल प्रतियोगिताको उपाधि नजिक मात्र पुगेन अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो । नेपाल ८ विकेटले विजयी भएको हो ।

यसअघि नेपालले पहिलोपटक २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि फेरि विश्वकपमा पुग्न नेपालले १० वर्ष कुर्नुपरेको हो ।

१३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेखले ६४ रनको योगदान दिए भने तीन नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले २२ रन बनाए । कप्तान रोहित पौडेलले ३४ रन बनाए ।

मूलपानीमा टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो । उसलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । रोहित पौडेल र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो ।

नेपालका लागि दोस्रोपटक विश्वकप खेल्ने खेलाडी एक मात्र सोमपाल कामी बन्ने भएका छन् । नेपालले बंगलादेशमा २०१४ मा विश्वकप खेल्दा सोमपाल कामी नेपालका प्रमुख बलर थिए । उनी अहिले पनि नेपालका प्रमुख बलर हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म