बस दुर्घटनामा ३४ घाइते, १३ को अवस्था गम्भिर

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १८

पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास नपा–१२ कमलबारी नजिक शनिबार बिहान बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोकिई सडकमा पल्टिदाँ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये दमौलीको रत्नहरी अस्पतालमा एक्काइस, दमौली अस्पतालमा ८ र लक्ष्मी अस्पताल डुम्रेमा ५ जनाको उपचार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । गम्भीर प्रकृतिका तेह्र जना जना घाइतेको रत्नहरी र दमौली अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारका लागि पोखरा र चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बसका चालक उदयपुर कटारी नपा–३ का ३१ ब्र्षिय सुभाष परियार, सहचालक ओखलढुङगा सुनकोशी– ७ का अशोक कार्की रहेका छन् । अन्य घाइतेहरुमा उदयपुर कटारी–४ का २३ बर्षिय युबराज परियार, सोही ठाउँकी की २९ बर्षिया पार्वती रावत, सोही ठाउँका १४ बर्षिय दिपसन राउत, उदयपुर कटारी– ९ का ३५ बर्षिय बिनोद गिरी, कटारी–५ का २८ बर्षिया तुलसीमाया मगर रहेका छन् ।

तनहुँको भानु नपा–१ का ३१ बर्षिय बिक्रम बिक, सोही ठाउँकी ३० बर्षिया सोभा विक, ४ बर्षिया साहारा सेन्चुरी रहेका छन् । त्यस्तै भानु नपा–२ की २३ बर्षिय सुुमिता अधिकारी, भानु–६ की २५ बर्षिय सुजाता अधिकारी र शुक्लागण्डकी–९ मालेबगरका ३७ बर्षिय सुजन अधिकारी रहेका छन् ।

त्यस्तै कास्की पोखरा महानगरपालिका–१६ का ७ बर्षिय अबिनम आलेमगर, सोही ठाउँकी ३० बर्षिया बिमला श्रेष्ठ, १० बर्षिय अंकित श्रेष्ठ, १५ बर्षिय आकाश श्रेष्ठ रहेका छन् । पोखरा–१४ की चिज माया खत्री, पोखरा–३१ की ३४ बर्षिया बुद्धीमाया अधिकारी, पोखरा–१९ का १० बर्षिय कृष्ण शाह, सोही ठाउँकी १९ बर्षिया नेहा शाह, पोखरा– १४ की ४० बर्षिया बिन्दु सुनुवार र पोखरा–१४ की १८ बर्षिया सरला सुनार रहेका छन् ।

त्यस्तै धनुषा जिल्ला धनुषा नपा–९ की २० बर्षिया सुजिता शेर्पा, धनुषा–९ बस्ने ६० बर्षिया मनमाया तामाङ, धनुषा–११ का २२ बर्षिय दिनेश दाहाल, धनुषा–७ की १५ बर्षिया अनिसा थापा, गोरखा जिल्ला गोरखा नपा–३ का ३० बर्षिय कृष्ण परियार, गोरखा पालुङटार नपा–७ च्याङलीङ का ४० बर्षिया शिव कुमाल, सिन्धुली दुधौली–१२ का ३३ बर्षिय बिष्णु परियार, चितवन भरतपुर–१० नहरचोकका १७ बर्षिय सुजन तिवारी, सर्लाही बाग्मती–१ का १७ बर्षिय अमृत राना मगर, गुल्मी धुर्कोट–३ की २४ बर्षिया निर्मला नेपाली र सुनसरी ईटहरी–२ का ७१ बर्षिय मन कुमारी कटुवाल रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण