एमालेको चियापान कार्यक्रम कार्तिक २४ गते

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १८

नेकपा एमाले जिल्ला कमिटि तनहुँले विभिन्न चाडपर्वको अवसरमा यही कार्तिक २४ गते दमौलीमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालीहरुको मुख्य पर्वहरु बडादशै, तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्न तथा सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एमाले तनहुँका उपसचिव तथा प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताए ।

सो कार्यक्रममा एमालेका पदाधिकारीह तहका नेताहरुको उपस्थिती रहने अधिकारीले बताए । सो अवसरमा हालै सम्पन्न एमाले गन्डकी प्रदेशको अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र तनहुँबाट निर्वाचित हुने प्रदेश कमिटिका सदस्यहरुलाई सम्मान समेत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक