दमौली, कार्तिक २०
तनहुँको भिमाद नगरपालिकामा सोमबार ट्याक्टरबाट खसेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा र भिमाद नगरपालिका–६ जलौदी बस्ने ३३ बर्षिय मिनबहादुर सार्की रहेका छन् ।
सोमबार विहान ७.४० बजे भिमाद नगरपालिका–६ जनज्योती स्कुल तर्फबाट बसपार्क तर्फ जान आउँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा सवार सार्की उक्त ट्याक्टरबाट खसेर गम्भिर घाइते भएकोमा उनलाई तत्काल उपचारको लागी जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँ पठाएकोमा उनको उपचारको क्रममा विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले बताए ।