ऋषिङको सामुदायिक विद्यालयको कच्चा निर्णय, वडा अध्यक्षसँग स्पष्टिकरण माग (निर्णय र पत्र सहित)

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १९

हेडमास्टरको छोराको विवहामा जन्ती जान विद्यालय नै विदा दिने निर्णय गरेर चर्चा कमाएको तनहुँको ऋषिङ गाउँपालिका–८ को शिव सरस्वती माविले अर्काे कानुन विपरितको निर्णय गरेर कच्चापनको प्रर्दशन गरेको छ ।

गत जेठ ७ गते विद्यालयका हेडसर विष्णुप्रसाद बरालको छोराको विवहामा जन्त जान विद्यालय नै बन्द गराएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठ र विद्यालय प्रअ बरालले वडा अध्यक्ष भरतकुमार श्रेष्ठसँग स्पष्टिकरण माग गर्ने निर्णय गरेर पुनः आफ्नो असक्षमताको प्रर्दशन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षतामा गत असोज १४ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले वडा अध्यक्ष श्रेष्ठलाई स्पष्टिकरण दिनको लागि एक महिनापछि हुने बैठकमा अनिवार्य उपस्थिती हुन निर्देशन दिने निर्णय गरेको थियो । वडा अध्यक्ष श्रेष्ठले विद्यालयको बारेमा गाउँ कार्यपालिकाको बैठकमा कुरा उठाएको हुँदा त्यसबारेमा कार्तिक १५ गते बस्ने बैठकमा जवाफ दिन र स्पष्टिकरण दिन अनिर्वाय उपस्थित हुन पत्राचार गर्ने बैठकले निर्णय गरेको थियो ।

एउटा मात्र प्रस्ताव रहेको उक्त बैठकले विद्यालय व्यवस्थापन समितिको उक्त बैठकले ‘विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा वडा अध्यक्ष भरतकुमार श्रेष्ठले २०८० असोज ६ गतेको गाउँ कार्यपालिकाको बैठकमा विद्यालयको विगतका विभिन्न विषयमा टिका टिप्पणी गरि व्यवस्थापन समिति एवं प्रशासन प्रति आँच लाग्ने व्यवहार देखाई प्रस्तुत गरेको भनि जानकारी प्राप्त गरेको हुँदा सो विषयमा छलफल एवं स्पष्टिकरण माग गर्न आगामी २०८० कार्तिक १५ गते बस्ने विद्यालय व्यवस्थापन समितिको बैठकमा निजलाई अनिवार्य उपस्थितीको लागि पत्राचार गर्ने निर्णय’ गरेको छ ।

यसैगरि गत कार्तिक १२ गते विद्यालयका प्रअ बरालले वडा अध्यक्ष श्रेष्ठलाई पत्रलेखी कार्तिक १५ गते बस्ने विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको बारेमा उठान गरेका विभिन्न विषयको जवाफ दिने गरि अनिवार्य उपस्थित हुन भनेका थिए ।

विद्यालयले विभिन्न शिर्षकमा शुल्क लिँदा अभिभावक र विद्यार्थीलाई कुनै रसिद नदिएको र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ मिलेर आर्थिक अनियमितता गरेको हुँदा यस विषयमा गाउँपालिकाले छानविन गर्नु पर्ने कुुरा आफुले गाउँ कार्यपालिकाको बैठकमा उठाएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

बिना रसिद वा भरपाई विद्यार्थीसँग शुल्क लिने कार्य भ्रष्टाचार भएको हुँदा यस विषयमा गाउँपालिकाले छानविन गर्नु पर्ने आफ्नो स्पष्ट माग र अडान यथावत रहेको भन्दै वडा अध्यक्ष श्रेष्ठले जनताबाट निर्वाचित वडा अध्यक्षलाई विद्यालयले स्पष्टिकरण लिन नसक्ने बताए । आर्थिक अनियमिताको विषयमा बरु वडा कार्यालयले विद्यालयका प्रअसँग स्पष्टिकरण लिने र कारवाही गर्ने अधिकार रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष