भुकम्प पीडितको सहयोगको लागि देवघाटमा राहत संकलन सुरु

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे देवघाट, कार्तिक २१

जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुको सहयोगको देवघाट गाउँपालिकामा राहत संकलन सुरु भएको छ । देवघाट गाउँपालिका कार्यालयद्वारा गठित राहत संकलन समितिले मंगलबार वडा नम्बर ५ को देवघाटधाम क्षेत्रबाट राहत संकलन सुरु गरेको समितिका सदस्य तथा देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

राहत संकलन अभियानमा देवघाट गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका विपद व्यवस्थापन शाखाका कर्मचारी, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय सन्चारकर्मीहरुको सहभागिता रहेको छ ।

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रका पीडित जनतालाई राहत वितरण गर्न देवघाट गाउँपालिकाको विपद व्यवस्थापन राहत कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग