कृषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २२

देवघाट गाउँपालिकामा कृषि, पशुपन्छी तथा जडिबुटी विमा अभिकर्ता सम्बन्धी तालिम सम्पन्न भएको छ । आईजिआई प्रुडेन्सियल कम्पनी लिमिटेडको आयोजना तथा नेपाल विमा प्राधिकरण र देवघाट गाउँपालिकाको सहकार्यमा भएको सो तालिममा वडा स्तरमा कृषि र पशु सम्बन्धी विमाको बारेमा प्रशिक्षण दिईएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले तालिममा सिकेको सिपलाई व्यवहारिक रुपमा उतार्नु पर्ने बताए । अध्यक्ष थापाले कृषि र पशुपन्छी विमा हनुे भएपछि देवघाटमा कृषि र पशुपालनमा लाग्ने कृषकको संख्या बढ्ने बताए ।

कृषि तथा पशुपन्छी जडिबुटी विमा मार्फत कृषकहरुले क्षतीको निवारण गर्न सक्ने हुँदा सबै कृषकले आफ्नो कृषि बाली र पशुपन्छीको विमा गर्नु पर्ने अध्यक्ष थापाले बताए ।

विमा कम्पनीका प्रमुख सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहाल, देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए ।

तिन दिनसम्म सन्चालित सो तालिममा देवघाट गाउँपालिकाका पाँच वटै वडाका ३३ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीलाई गिता प्याकुरेल र पुर्णभक्त महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण