देवघाटमा निर्माण गरिएको ढुङ्गेधारा मेयर दाहालद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २२

पवित्र धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धाराको भरतपुर महानगर प्रमुख रेनु दाहाले बुधबार उद्घाटन गरेकी हुन् ।

देवघाटधाम आउने तीर्थालु तथा मलामीहरूलाई लक्षित गरी बागमती सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौडा भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङ्गे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृह लगायतका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको पनि बताइन् ।

खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता