देवघाटको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा तिहारमा तीन दिनसम्म गौपूजन गरिने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २३

भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा तिहारको अवसरमा तीनदिनसम्म सामूहिकरुपमा लक्ष्मी, गाई र गोबर्धन पूजा गरिने भएको छ । केन्द्रले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर गौपुजनको बारेमा जानकारी गराएको हो ।

केन्द्रले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि लक्ष्मी पूजाको अवसरमा लक्ष्मीको प्रतिकस्वरुप सामूहिकरुपमा गौपूजा गर्न लागिएको कार्यक्रमका संयोजक तथा गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए । ढकालका अनुसार तिहारको अवसरमा कात्तिक २६ गते लक्ष्मी पूजा, २७ गते गाई पूजा र २८ गते हुने गोवर्धन पूजामा सन्त समाज नेपालका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस ज्ञानानन्द सरस्वती महाराजको प्रमुख अतिथ्यतामा गौपुजन कार्यक्रम आयोजना गरिनेछ ।

वि.सं २०४३ सालबाट केन्द्रले गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण अभियान सुरु गरेर अहिलेसम्म पनि निरन्तरता दिइएको छ । गाई वात्सल्यकी प्रतिमूर्ती र बिना मूल्यको औषधालय भएको केन्द्रले पत्रकार सम्मेलनमा जनाएको छ ।

बैदिक सनातन धर्ममा गाईलाई लक्ष्मीको प्रतिक तथा माताको रुपमा पुजिने हुँदा केन्द्रले पनि लक्ष्मी पुजाको अवसरमा गौपुजन कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता