व्यास नगरपालिकाले भुकम्प पीडितको सहयोगको लागि पाँच लाख उपलब्ध गराउने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २२

तनहूँको व्यास नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितको सहयोगको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको व्यास नपाको कार्यपालिका बैठकले हालै जाजरकोट र रुकुममा आएको भूकम्पका पिडितहरुको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

भुकम्पमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै बैठकले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै व्यास नगरपालिका भित्र पनि भुकम्पको धक्काका कारण केहि घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरबासीहरुलाई सुरक्षित रहन र कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास नगरपालिका अन्तरगत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित गरेको छ । साथै व्यास नगरपालिका दलित समन्वय समिति सम्बन्धी कार्यविधि, २०८० तथा नगरपालिकाबाट सम्पादित कार्यहरुको विवरण तयारी निर्देशिका, २०८० र व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित गर्ने निर्णय गर्दै व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैकठमा नगरपालिका, भूमी इकाई अन्तरगत जग्गा नापी सम्बन्धी प्रगती विवरण पेश भई वैठकमा समिक्षा गरिएको जनाईएको छ । नगरपालिकाबाट टेण्डर गरिएका विभिन्न ठेक्काहरुको अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै व्यास नगरपालिका भित्रका सञ्चालित खानेपानीका केहि मूलहरु दर्ता भएको नदेखिदाँ ३ महिना भित्र मुल दर्ताका लागि सूचना दिने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन