व्यास नगरपालिकाले भुकम्प पीडितको सहयोगको लागि पाँच लाख उपलब्ध गराउने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २२

तनहूँको व्यास नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितको सहयोगको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको व्यास नपाको कार्यपालिका बैठकले हालै जाजरकोट र रुकुममा आएको भूकम्पका पिडितहरुको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

भुकम्पमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै बैठकले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै व्यास नगरपालिका भित्र पनि भुकम्पको धक्काका कारण केहि घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरबासीहरुलाई सुरक्षित रहन र कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास नगरपालिका अन्तरगत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित गरेको छ । साथै व्यास नगरपालिका दलित समन्वय समिति सम्बन्धी कार्यविधि, २०८० तथा नगरपालिकाबाट सम्पादित कार्यहरुको विवरण तयारी निर्देशिका, २०८० र व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित गर्ने निर्णय गर्दै व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैकठमा नगरपालिका, भूमी इकाई अन्तरगत जग्गा नापी सम्बन्धी प्रगती विवरण पेश भई वैठकमा समिक्षा गरिएको जनाईएको छ । नगरपालिकाबाट टेण्डर गरिएका विभिन्न ठेक्काहरुको अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै व्यास नगरपालिका भित्रका सञ्चालित खानेपानीका केहि मूलहरु दर्ता भएको नदेखिदाँ ३ महिना भित्र मुल दर्ताका लागि सूचना दिने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर