प्रधानमन्त्री प्रचण्ड भोली आबुँखैरेनी आउने, आबुँखैरेनी अस्पतालको उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, कार्तिक ३०

आँबुखैरेनी गाउँपालिका अन्तर्गतको १५ शैयाको आँबुखैरेनी अस्पतालको भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

आबुँखैरेनी गाउँपालिका परिसरमा रहेको उक्त अस्पतालको शुक्रबार विहान ११ बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो कार्यक्रममा उपस्थितीकोलागि अध्यक्ष चुमानले सम्पुर्ण राजनीतिक दल, संघ संस्था, विद्यालयल, आमा समुह, टोल विकास संस्था, युवा क्लव तथा सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् । अस्पताल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भईसकेको अध्यक्ष चुमानले बताए ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलले तनहुँको आवुँखैरेनी र गोरखा नगरपालिका जोड्ने मस्र्याङदी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक