भिमादमा २ लाख २२ हजार राशीको अर्नाकप फूटबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ३०

भिमाद युवा क्लवको आयोजनामा आगामी मंसिर ७ गतदेखि १३ गतेसम्म भिमादमा अर्नाकप ११ ए साइड फूटबल प्रतियोगिता–२०८० हुने भएको छ । खेलकुदको माध्यमबाट भिमादको प्रचार र खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

हरिबोधनी एकादशीको अवसरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २२ हजार २ सय २२ र दोश्रो हुनेले १ लाख १ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भिमाद रंगशालामा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डर नगद ५÷५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए । भिमाद नगर उद्योग वाणिज्य संघको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा हुने सो प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी हुन कास्की, तनहुँ, पाल्पा लगातका जिल्लाबाट सहभागीले सम्पर्क गरेको क्लवका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष हस्त बहादुर खड्काले क्ल्वले प्रतियोगितासँगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिदै प्रतियोगिता सफल पार्न सबैको सहयोग हुनुपर्नेमा जोड दिए । यसअघि क्लवले नियतिम रुपमा ३ वर्षसम्म ११ ए साईड फुटबल प्रतियोतिगा गरेकोमा गत वर्षहरुमा कोभिड र विभिन्न कारणले प्रतियोयिगतालाई निरन्तरता दिन सकेको थिएन ।

क्लवका सचिव सुनिल श्रेष्ठले प्रतियोगिताबाट बचत भएको रकम हालै जाजरकोटमा गएको भुकम्प पिडितकोलागि प्रदान गरिने जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका