मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २

मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ–तिहार बिदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन आउनेगरेका छन् । नेपालको साथै भारत र अन्य मुलुकबाट दैनिक रूपमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।

मौसम सफा भएकाले हिजोआज भक्तजनको सङ्ख्यामा निकै वृद्धि भएको सुवेदीले बताए । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र दुई वटा कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय १० मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरू ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरू उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका