छठ पर्व सुरु

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर २

तराई मधेशमा निकै महत्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले तराई मधेसको जिल्लाको बजारमा रौनकता थपिएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो ।

तराई मधेसमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ । छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ ।

छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ । यो पर्व आज नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु भएको छ । भोलि खरना (खिर खाने) र पर्सि आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई विधिवत् रूपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका