भानुमा सन्चालित आँखा शिविरमा १२ सय बढिको परिक्षण

Devghat Online

शेयर गरौ

डुम्रे, मंसिर ११

भानु नगरपालिकामा सन्चालित तीन दिने निःशुल्क आँखा शिबिरमा १२ सय भन्दा बढीको आँखाको परीक्षण गरिएको छ । भानु नगरपालिका–२ नारेश्वरटार स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित शिबिरमा एक सय अन्ठाउन्न जनाको मोतिया बिन्दुको अप्रेसन समेत गरिएको छ ।

शनिबार देखि आयोजित तीन दिने उक्त शिविरमा भानु १३ चन्द्राबती बजारमा ८३ जना, वडा नंं ९ को बाईसजाँगरमा १ सय ३१ र भानु नगरपालिका–२ नारेश्वरटार स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एक हजार एक जना गरी एक हजार २ सय १५ जनाको आँखा जाँच गरिएकोमा उक्त बिरामीको अप्रेसन गरिएको भानु स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुभास मिश्रले जानकारी दिए ।

शिबिरमा नेत्र बिशेषज्ञा डा.रन्जित कुमार साह सहितको टोलीले बिरामीको अप्रेसन गरेका थिए । सो अवसरमा तीन सय पचास जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो । बिरामीका लागि चाहिने औषधी, खाना र बस्नको समेत निःशुल्क व्यवस्था मिलाइएको नगरपालिकाकी उप–प्रमुख उमा गोतामेले जानकारी दिईन् ।

भानु नगरपालिकाको कार्यालय, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ र आधारभूत स्वास्थ्य केन्द्र भानु–२ नारेश्वरटारको आयोजना र डाक फाउन्डेशन पाटनर्स फर ईक्युटिको आर्थिक सहयोेगमा मोतियाबिन्दुको अप्रेशन सहितको निःशुल्क आँखा शिबिर संचालन गरिएको प्रचार–प्रसार समितिका संयोजक भक्तबहादुर कुँवरले बताए ।
शिबिरमा निःशुल्क मोतिया बिन्दुको अप्रेसन सहितको तीन दिने आँखा शिविरमा तनहुँ सहित छिमेकी जिल्ला लमजुङ, गोरखा जिल्लाका बासिन्दाहरुले समेत सेवा लिएका थिए ।

शिबिरमा उपचारका लागि टाढाबाट आउने नागरिकका लागि निःशुल्क बसको व्यवस्था गरी सेवा प्रवाह गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । साथै उनले नगरबासीको स्वस्थ्यलाई ध्यान दिँदै आगामी दिनहरुमा पनि विभिन्न रोगको उपचारका लागि विशेषज्ञ सहितको टोलीलाई गाउँघरमै बोलाएर परीक्षण र उपचार गराईने प्रतिबद्धता ब्यक्त गरे ।
आँखा रोग बिशेषज्ञबाट घरदैलोमा उपचार गराउन पाउँदा नगरबासी र छिमेकी जिल्लाका नागरिकहरु खुशी हुदै घर फर्किएका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष