केशवटार माविमा पाँच लाखको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

व्यास नपा १४ रुम्सी घर भई हाल बेलायत बस्दै आएका भुपु बेलायती सेना रुकबहादुर आलेले केशवटार माविमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

केशवटार माविका पुर्व विद्यार्थी समेत आलेले पत्नि सहित सोमबार विद्यालयमा पुगेर विद्यालयका प्रअ मनबिर रानालाई अक्षयकोष स्थापनाकोलागि सो रकम हस्तान्तरण गरेका थिए । आफुले अध्ययन गरेको विद्यालय र विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको आलेले बताए ।

अक्षयकोष स्थापना गरेकोमा आले दम्पत्तीलाई विद्यालयको तर्फबाट धन्यवाद दिईएको प्रअ रानाले बताए । सो अवसरमा विद्यालयका पुर्व प्रअ तथा हाल व्यास नपा १४ का जनप्रतिनिधि दुर्गबहादुर आलेले उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने बताए । अक्षयकोष स्थापना गर्ने आले केशवटार माविबाट एसएलसी उत्तिर्ण गर्ने पहिलो विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म