केशवटार माविमा पाँच लाखको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

व्यास नपा १४ रुम्सी घर भई हाल बेलायत बस्दै आएका भुपु बेलायती सेना रुकबहादुर आलेले केशवटार माविमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

केशवटार माविका पुर्व विद्यार्थी समेत आलेले पत्नि सहित सोमबार विद्यालयमा पुगेर विद्यालयका प्रअ मनबिर रानालाई अक्षयकोष स्थापनाकोलागि सो रकम हस्तान्तरण गरेका थिए । आफुले अध्ययन गरेको विद्यालय र विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको आलेले बताए ।

अक्षयकोष स्थापना गरेकोमा आले दम्पत्तीलाई विद्यालयको तर्फबाट धन्यवाद दिईएको प्रअ रानाले बताए । सो अवसरमा विद्यालयका पुर्व प्रअ तथा हाल व्यास नपा १४ का जनप्रतिनिधि दुर्गबहादुर आलेले उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने बताए । अक्षयकोष स्थापना गर्ने आले केशवटार माविबाट एसएलसी उत्तिर्ण गर्ने पहिलो विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय