मध्यपहाडी यात्रामा रहेका एमाले अध्यक्ष ओलीलाई जाजरकोटमा माओवादी नेता शर्माको स्वागत

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १९

संवृद्धिका लागि संकल्प यात्राको क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीलाई जाजरकोट र रुकुमको सीमा क्षेत्रमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् ।

मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा उपमहासचिव शर्माले स्वागत गरेका हुन् । अध्यक्ष ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उपमहासचिव शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका थिए ।

उपमहासचिव शर्माले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ।

नेता शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेर स्वागत गरे । शर्मा भूकम्पपछि गृहजिल्लामै छन् । एमाले अध्यक्ष ओलीले दुवै जिल्लाका भूकम्प प्रभावितहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक