असई थमन विक हत्या प्रकरणः संघीय सांसद महतोले पाए सफाइ

Devghat Online

शेयर गरौ

महोत्तरी, मंसिर २८

मधेश आन्दोलनताका महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा आरोपित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विहिबार उक्त मुद्धामा सांसद महतोलाई सफाई दिएका हुन् । महोत्तरी १ बाट निर्वाचित सांसद महतो लामो समयदेखि फरार छन् ।

सो मुद्धामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । अदालतले अभियुक्तहरु प्रदेश सांसद शर्मा, सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ ।

दोस्रो पटक मधेश प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पनि हुन् ।

जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । सजाय पाएका अन्य ५ जना मधेश केन्द्रित दलका नेता कार्यकर्ताहरु रहेको बुझिएको छ ।

२०७२ साल भदौ २५ मा असई विकको हत्या भएको थियो । उनको हत्या अभियोगमा २०७५ साउन २८ मा २८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा परेका मधेश प्रदेशका पूर्वसांसद कौशल यादवसहित १९ आरोपित फरार छन् । फरारहरुको सन्दर्भमा केही आदेश जारी नभएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।

पुर्पक्षका लागि तीन आरोपित सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् । उनीहरुमध्ये कापरलाई अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता