अव पनि काम नभए ठेक्का तोडेर भएपनि घुमाउनेको पुल बनाउनुपर्ने सांसद वाग्लेको भनाई

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २९

तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ र चितवन जोड्ने त्रिशुली नदीको निर्माणाधिन घुमाउनेको पुलको शुक्रबार निरिक्षण गरेका छन् । देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी हुन देवघाट जाने क्रममा सांसद वाग्लेले पार्टीका नेताहरु सहित घुमाउने पुलको निरिक्षण गरेका थिए ।

सो अवसरमा बोल्दै सांसद वाग्लेले निर्माण कम्पनी र सरकारी पक्ष विच भएको सहमती अनुसार अव पनि पुल निर्माण नभए ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरेर भएपनि पुल बनाउनु पर्ने बताए । यो पुललाई आफुहरुले रुपान्तरकारी पुल मानेको भन्दै सांसद वाग्लेले यसलाई आफुहरुले सुरुदेखी नै प्रामिकतामा राखेको बताए ।

यस पुलले दुरी र लागत घटाउने भन्दै पुल निर्माणपछि दोहोरो आवागमनलाई सहज बनाउने बताए । पुल निर्माणपछि यस क्षेत्रका सुन्तला, तरकारी, खसीबोका बजार क्षेत्रमा ल्याउन सहयोग पुग्ने र गन्डकी प्रदेशकै क्षेत्रलाई यसले कायापलट गर्न सहयोग पुग्ने बताए । दमौली तिरबाट बुद्धसिंह मार्ग कालोपेत्र हुँदै आउने र घुमाउनेमा पुल पनि निर्माणको कार्य सँगसँगै गर्नु पर्ने उनको भनाई थियो ।

१० बर्ष अघि ठेक्का लागेको उक्त पुल ५ बर्ष अघि देखी निर्माण सुरु भएको हो । विचमा एक डेढ वर्षदेखी काम रोकिएको छ । सरकारले डिजाईन परिवर्तन गरेको कारण पनि काम केही समय रोकिएको पुल हाल निर्माण कार्य सुरु भएको छ । आर्च डिजाईनको उक्त पुल बर्षायाम अगाडी नै आर्चको डिजाईन बनाईसक्ने हो भने दशैं अघि पुल र्निमाण बन्न सक्ने प्राविधिकहरुको भनाई छ ।

एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष