देवघाटमा सांसद डा. वाग्ले, तिन दिन देवघाटका गाउँ गाउँमा कार्यकर्ता भेटघाट गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २९

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्ले शुक्रबार देवघाट गाउँपालिका आएका छन् । पार्टीका कार्यकर्तासँग भेटघाट र विभिन्न कार्यक्रममा सहभागी हुन देवघाट आएका वाग्लेलाई देवघाट गाउँपालिकाका भवनमा गाउँपालिका अध्यक्ष तिलबहादुर थापा तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

देवघाट गाउँपालिकाको सभाहलमा सांसद वाग्लेसँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा वाग्लेले देवघाटको विकासकोलागि स्थानीय सरकारसँग सहकार्य गरेर जान आफु तयार रहेको बताए । देवघाटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए ।

सांसद वाग्ले तिन दिनसम्म देवघाट बस्ने कार्यतालिका रहेको छ । तिन दिनसम्म सांसद वाग्ले देवघाटका विभिन्न वडामा पुगेर जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीले बताए ।

शुक्रबार देवघाट गाउँपालिकामा अन्तरक्रिया पश्चात वडा नम्बर ५ को साँढेबगर हुँदै वडा नम्बर १ को कोटा जाने कार्यक्रम रहेको छ । कोटाको कार्यक्रम पश्चात शुक्रबार साँझ वडा नम्बर २ को करादिप होमस्टेमा बास बस्ने कार्यक्रम रहेको छ ।

यस्तै शनिबार विहान वडा नम्बर २ को आदर्श मावि खाल्टेमा भेटघाट, त्यसपछि क्रमशः तालबारी, व्यागन हुँदै वडा नम्बर ३ को नरम, छिपछिपे हुँदै लुङग्रिङ स्थित वडा कार्यालय भवनमा भेटघाट कार्यक्रम रहेको बताईएको छ । त्यसपछि नाल्बुङ, गोन्द्राङ हुँदै सराङघाटमा बास बस्ने कार्यक्रम रहेको छ ।

त्यसैगरि पुस १ गते आईतबार घन्टाचुली, जामुने, ढड्डाघारी, डुँडे, काफलडाँडा, सिन्च्याङ हुँदै गाईघाट निस्कने र सोही दिन दिउँसो दमौली आईपुग्ने कार्यक्रम रहेको छ । सांसद वाग्लेसँग इन्जिनियर श्रीराम न्यौपाने, रास्वपाका नेता विश्व बास्तोला, तनहुँ जिल्ला संयोजक विकास सिग्देल, देवघाटका संयोजक बलबहादुर क्षेत्री लगायतका नेताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता