देवघाटमा सांसद डा. वाग्ले, तिन दिन देवघाटका गाउँ गाउँमा कार्यकर्ता भेटघाट गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २९

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्ले शुक्रबार देवघाट गाउँपालिका आएका छन् । पार्टीका कार्यकर्तासँग भेटघाट र विभिन्न कार्यक्रममा सहभागी हुन देवघाट आएका वाग्लेलाई देवघाट गाउँपालिकाका भवनमा गाउँपालिका अध्यक्ष तिलबहादुर थापा तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

देवघाट गाउँपालिकाको सभाहलमा सांसद वाग्लेसँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा वाग्लेले देवघाटको विकासकोलागि स्थानीय सरकारसँग सहकार्य गरेर जान आफु तयार रहेको बताए । देवघाटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए ।

सांसद वाग्ले तिन दिनसम्म देवघाट बस्ने कार्यतालिका रहेको छ । तिन दिनसम्म सांसद वाग्ले देवघाटका विभिन्न वडामा पुगेर जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीले बताए ।

शुक्रबार देवघाट गाउँपालिकामा अन्तरक्रिया पश्चात वडा नम्बर ५ को साँढेबगर हुँदै वडा नम्बर १ को कोटा जाने कार्यक्रम रहेको छ । कोटाको कार्यक्रम पश्चात शुक्रबार साँझ वडा नम्बर २ को करादिप होमस्टेमा बास बस्ने कार्यक्रम रहेको छ ।

यस्तै शनिबार विहान वडा नम्बर २ को आदर्श मावि खाल्टेमा भेटघाट, त्यसपछि क्रमशः तालबारी, व्यागन हुँदै वडा नम्बर ३ को नरम, छिपछिपे हुँदै लुङग्रिङ स्थित वडा कार्यालय भवनमा भेटघाट कार्यक्रम रहेको बताईएको छ । त्यसपछि नाल्बुङ, गोन्द्राङ हुँदै सराङघाटमा बास बस्ने कार्यक्रम रहेको छ ।

त्यसैगरि पुस १ गते आईतबार घन्टाचुली, जामुने, ढड्डाघारी, डुँडे, काफलडाँडा, सिन्च्याङ हुँदै गाईघाट निस्कने र सोही दिन दिउँसो दमौली आईपुग्ने कार्यक्रम रहेको छ । सांसद वाग्लेसँग इन्जिनियर श्रीराम न्यौपाने, रास्वपाका नेता विश्व बास्तोला, तनहुँ जिल्ला संयोजक विकास सिग्देल, देवघाटका संयोजक बलबहादुर क्षेत्री लगायतका नेताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक