सीता सामुदायिक वनको अध्यक्षमा न्यौपाने चयन

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भानुभक्त न्यौपाने चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न १२ औँ अधिवेशन तथा २४ औँ बार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा राधादेवी खनाल, सचिवमा एलिजा अधिकारी क्षेत्री र कोषाध्यक्षमा युवराज सारू चयन भएका छन् । यसैगरी सदस्यहरूमा एकारत्न शर्मा आचार्य, सुमन पौडेल, दिलु बाचे, सोमबहादुर घर्ती, नारायणी कोइराला, इन्द्रमाया कोइराला र देवी प्रसाद चपाई चयन भएका छन् ।

सामुदायिक वनका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिव केशवचन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

सो कार्यक्रमामा प्रमुख अतिथी न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष एवं गाँउपालिका प्रवक्ता पूर्ण बहादुर कुँवर, सव–डिभिजन वन कार्यालय देवघाटका प्रतिनिधि दिपक सिलवाल, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने, देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल, चक्रवर्ती सामुदायिक वनका सचिव प्रेम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन राजु भुर्तेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता