देवघाटमा कोसेली घर सन्चालन

Devghat Online

शेयर गरौ

देवघाट, पुस १

देवघाट गाउँपालिका वडा नम्बर–५ मा देवघाटमा कोशेली घर सन्चालन गरिएको छ । देवघाट–५ का उद्यमशील महिलाद्वारा सञ्चालित उक्त देवघाट कोसेली घरको आइतबार गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ के स्वीकृत बजेट र कार्यक्रम अनुसार उक्त कोसेली घर आजबाट सन्चालनमा आएको हो । उक्त घरमा उद्यमशील महिलाले आफुले उत्पादन गरेको हरेक चिजहरू कोसेली घरमा ल्याई बिक्री गर्ने छन् ।

देवघाट गाउँपालिकाले विगतमा सन्चालन गरेको विभिन्न हस्तकला, सिलाई सम्बन्धि डल कुसन, दुना टपरी आदि बनाउने तालिम प्राप्त गरेका महिलाहरुलाई लक्षित गरि गाउँपालिकाको स्वीकृत बजेट अनुसार उक्त कोसेली घर स्थापना गरिएको हो ।

सो कोशेली घरमा हस्तकलाद्वारा निर्मित सामाग्रीहरु कोसेली घरमा ल्याई विक्री वितरण गर्न र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेली स्वरुप गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए ।
वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वडा न ५ का सम्पूर्ण वडा सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक