देवघाटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट, पुस १

देवघाट युवा तथा खेलकुद बिकास समितिको आयोजनामा तथा देवघाट गाउँपालिकाको संरक्षकत्वमा शनिबारदेखी छैटौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्बर २ को खाल्टे स्थित आदर्श माविमा सन्चालन भयो । सो प्रतियोगिताको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

देवघाट युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष अमरबहादुर फेवालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर राना, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोमबार सम्म चल्ने सो प्रतियोगितामा भलिवल, एथलेटिक्स, लङजम्प, हाईजम्प, सटपुट लगायतका खेलहरु खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले