देवघाटमा सहकारीका पदाधिकारी र व्यवस्थापकलाई तालिम

Devghat Online

शेयर गरौ

देवघाट, पुस ३

देवघाट गाउँपालिका भित्र सन्चालित सहकारीका पदाधिकारी र व्यवस्थापकलाई कोअपरेटिभ एन्ड पोर्भर्टि रिलेटिड म्यानेजमेन्ट इनफरमेसन सिस्टम (कपोमिस) सम्बन्धि तालिम सोमबारबाट सुरु भएको छ ।

सो तालिमको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले उद्घाटन गरे । सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले गाउँमा सञ्चालन हुँदै आएको सहकारीलाई नयाँ ढङ्गबाट सञ्चालनमा सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

सो कार्यक्रममा प्रदेश सहकारी रजिस्ट्रार कार्यलयका सुर्य प्रसाद आचार्यले सहकारी सन्चालनको क्रममा अपनाउनु पर्ने नीति नियम बनाउन र दिर्घकालिन योजना बनाउदा कपोमिस प्रबिधिबाट पुर्णरुपमा तथ्याङ्क दिने र बुझाउन तालिमको आयोजना गरिएको बताए ।

सो कार्यक्रमको देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले सञ्चालन गरेका थिए । तालिममा देवघाटमा सन्चालित ८ ओटा सहकारी संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक