बसको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीको गाडीमा तोडफोड

शेयर गरौ

दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन्।

सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

मृतक बालकको पहिचान खुलिसकेको छैन।

‘घोराहीस्थित जिल्ला अदालतमा बयान र म्याद थपका लागि लगिएका थुनावाहरू लिएर फर्किँदै गरेको हाम्रो गाडीमा तोडफोड र ढुंगामुढा भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ।’

घटना लगत्तै चालक बस छोडेर भागेको प्रहरीले बताएको छ। विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो।

अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका