देवचुलीका ६० बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

Devghat Online

शेयर गरौ

कावासोती, पुस १६

जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली १६ बाह्रकोल र बेलस्वाराका सीमान्तकृत र गरिव परिवारका ६० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

बाह्रकोलमा अवस्थित प्रभात जनता आधारभुत बिधालय र बेलस्वारामा अवस्थित सरस्वती आधारभुत बिधालयमा अध्ययनरत ६० बालबालिकाहरुलाई झोला, कपि, पेन, ज्यामिति बक्स, पेन्सिल र प्रभात जनता बिधालयमा बाल कक्षा ब्यबस्थापनको लागि खुसी खुसि बिधालयमा बालबालिका अभियानको दोस्रो सत्र अन्तर्गत विभिन्न खेल र अध्ययन सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महसचिव दिपक शर्माले बताए ।

सस्थाले नेपाल हिल्फे बिटिकम, किन्डर इन नेपाल सगको साझेदारीमा बिगत ४ बर्षदेखी नगरको पहाडी क्षेत्रमा बालबालिकालाई शिक्षा हासिलको लागि सहज पहुँच होस भनि आयआर्जन कार्यक्रम जारी रहेको र सोहि कार्यक्रमबाट शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको सस्थाका महासचिव शर्माले बताए ।

सस्थाले परिवारको सवलिकरणको लागि सीमान्तकृत र गरिव परिवारलाई बाख्रा, बाख्रा पालन सम्बन्धी तालीम, समुह ब्यबस्थापन, नेतृत्व बिकास र बित्तीय साक्षरता तालिम समेत सन्चालन गर्दै आयको छ ।

पहाडी क्षेत्रमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिको लागि आयआर्जन कार्यक्रमले सहयोग पुर्यायको र निरन्तरता को अपेक्षा सहित नगरले पनि अल्पसंख्यक, सीमान्तकृत र पछाडि परेको क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित भौतिक बिकासलाई प्राथमिकता राखेको देवचुली नगरका प्रमुख हरि न्यौपानेले बताए ।

बालबालिकाको पहिलो अधिकार शिक्षा हासिल गर्ने रहेकोले सस्थाले सहयोग गरेको सामाग्रीको सदुपयोग गरि अब्बल बिद्यार्थीको रूपमा प्रतिस्पर्धामा रहन नगरका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताए । बालमैत्री नगर भएकोले कोहि पनि बालबालिका बिधालय भन्दा बाहिर नरहेको र केही कारणले बाहिर भए नगरमा खबर गर्न र अभियानकर्मीलाई जानकारी दिन पनि अनुरोध गरे । कार्यक्रममा देवचुली १० का वार्ड अध्यक्ष रेप्ती कुमार घर्तिले मगर भासामा नै सम्बोधन गर्दै आयआर्जन र शैक्षिक गुणस्तरलाई सस्थाले गरेको सहयोगको सदुपयोग गर्न र जिम्मेवार नागरिकको रूपमा रहि काम गर्न अनुरोध गरे ।

शैक्षिक सामाग्रीहरुले साना साना बालबालिका र परिवारको सवलिकरणको लागि गरिएको सहयोगले गाउँमा नै बस्न र गाउँको बिधालयप्रति अभिभावकहरुको चासो बढाउने बिधालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बहादुर सोमैले बताए । सस्थाले शिक्षकहरु र समितिलाई पनि तालिम र हौसला प्रदान गर्ने तालिम र शैक्षिक सामाग्रीले बिधालयले गुणस्तर बढाउनमा जिम्मेवारी थपियको बताए ।
कार्यक्रममा शैक्षिक सामाग्री प्राप्त गर्ने बालबालिकाहरुको अभिभावकहरु, बिधालय ब्यबस्थापन समिति, जनप्रतिनिधिहरु, टोल सुधार समिति र जागृति बाल तथा युवा सरोकार नेपालका राजु चापागाईं र दिपक न्यौपानेको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम बिधालयको ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतामा, नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सस्थाका कार्यसमिति सदस्य दिपक न्यौपानेको सन्चालनमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू