कांग्रेसलाई ओलीको कटाक्षः प्रचण्ड सरकारसँग सन्तुष्ट छ, तलाउमा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउन चाहन्नँ

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस १६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरेका छन् ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलको स्थिती र परिस्थिती, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै ईच्छा छैन । त्यसकारण म त्यतापट्टि जान चाहन्नँ, कुनै अमनचयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमा भित्र मात्रै म रहन्छु ।’

उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे ।

उनले व्यग्य गर्दै भने, ‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस् कलकत्ता जान गंगाको बाटो किन भनिस् ट्रक नै कुुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् । ट्यांकर चलाउनुपर्ने ठाउँमा । बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ ।

कांग्रेसका नेताहरु आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्व, सान्दर्भिकता र आजको दिनमा यसलाई कसरी रुपान्तरित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण