गाउँको जनसङ्ख्या रित्तिँदै, सहरमा व्यवस्थापन गर्नै कठिन हुने गरी थुप्रिँदै

शेयर गरौ

काठमाण्डाै – नेपालमा गाउँको जनसङ्ख्या तीव्र रूपमा घटेको र सहराेन्मुख तथा सहरी जनसङ्ख्या तीव्र रूपमा बढेको पाइएको छ ।

जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र सहर भरिँदै गएको देखाएको हो । नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य सात प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी सहराेन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिन्छ ।

पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रमा बस्नेहरूको जनसङ्ख्या पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । १० वर्ष पहिले ग्रामीण क्षेत्रमा ३८ दशमलव पाँच प्रतिशत जनसङ्ख्या रहेकोमा २०७८ सालमा ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको ठाउँमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ ।

ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म