गाउँको जनसङ्ख्या रित्तिँदै, सहरमा व्यवस्थापन गर्नै कठिन हुने गरी थुप्रिँदै

शेयर गरौ

काठमाण्डाै – नेपालमा गाउँको जनसङ्ख्या तीव्र रूपमा घटेको र सहराेन्मुख तथा सहरी जनसङ्ख्या तीव्र रूपमा बढेको पाइएको छ ।

जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र सहर भरिँदै गएको देखाएको हो । नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य सात प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी सहराेन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिन्छ ।

पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रमा बस्नेहरूको जनसङ्ख्या पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । १० वर्ष पहिले ग्रामीण क्षेत्रमा ३८ दशमलव पाँच प्रतिशत जनसङ्ख्या रहेकोमा २०७८ सालमा ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको ठाउँमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ ।

ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो