टाउको छिनेको र हत्केला काटिएको अवस्थामा भेटियो १८ वर्षीय भीष्मको शव

शेयर गरौ

काठमाडौं : दोलखाको शैलुङ गाउँपालिका-४ काटाकुटीमा एक युवकको विभत्स अवस्थामा शव भेटिएको छ।

काकाकुटीस्थित बीरेन्द्र माध्यमिक विद्यालय नजिकको भिरमा एक पुरुषको शव घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले सोमबार बिहन साढे ८ बजे प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय मागापौवाबाट प्रहरी हवल्दारको नेतृत्वमा एक टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले घटनास्थल सुरक्षित राखी जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।

उनीहरूले हेर्दा ज्याकेटले टाउको छोपिएको र बायाँ हातको हत्केला नभएको अवस्थामा शव भेटिएको थियो।

मध्यान्ह साढे १२ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले शव पल्टाउँदा टाउको छुट्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चरिकोटबाट खटिएको प्रहरी निरीक्षकको टोलीका अनुसार मृत्यु  ४/५ दिन अगाडी नै भएको जस्तो देखिएको थियो।

साथै टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको जस्तो चोट रहेको, नाक थेप्चिएर हड्डी देखिएको, दाहिने हातको बुढिऔंला र चोर औंलाको बीचमा २/३ ईन्च जति धारिलो हतियारले काटेको जस्तो देखिएको थियो।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको छ।

साँझ ७ बजे शैलुङ गाउँपालिका-४ मागापौवा निवासी ललितबहादुर भण्डारीले मृतकलाई १८ वर्षीय भिष्म भण्डारीको रूपमा पहिचान गरेका थिए।

ललितबहादुर मृतक भिष्मका बुवा हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले