देवघाटका वडा अध्यक्ष कुँवरद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

देवघाट, पुस १७

देवघाट गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरले उक्त वडामा रहेको कालिका आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । वडा अध्यक्ष कुँवरले मंगलबार सो विद्यालयका ४७ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेका हुन् ।

वडा अध्यक्ष कुँवरले आफुले पाउने मासिक तलबको रकमबाट उक्त न्यानो कपडा खरिद गरि विद्यार्थीलाई बाँडेको बताए । हालसम्म आफुले मासिक तलब नलिएको भन्दै कुँवरले उक्त तलवको रकम वडाका विभिन्न संघ संस्थाहरुलाई आवश्यकता अनुसार विभिन्न काममा सहयोग गर्दै आएको बताए ।

न्यानो कपडाको अभावमा साना बालबालिकाहरु निमोनियाको जोखिममा पर्ने हुँदा निमोनियाबाट बालबालिकालाई जोगाउन आफुले न्यानो कपडा सहयोग गरेको वडा अध्यक्ष कुँवरले बताए । भविष्यमा पनि आफुले बालबालिकाको सर्वाेत्तम हितमा सहयोग गर्ने कुँवरले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगर, विद्यालय व्यस्थापन समितिका सदस्य टेकबहादुर थापा, पुर्व वडा सदस्य टुकनाथ अधिकारी, गाउँपालिका शिक्षा समिति सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रा थापा मगर तथा विद्यालयका शिक्षक एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा