दमौली, पुस १७
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।



राप्रपा जिल्ला कार्यसमिति तनहुँको मंगलबार बसेको बैठकले राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्ती भव्य र सभ्य रुपमा मनाउने निर्णय गर्दै जिल्ला अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा ५१ जनाको मुल आयोजक समिति गठन समेत गरेको छ ।
उक्त समिति अन्तर्गत आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष दुर्गाबहादुर पन्थ, व्यस्थापन एवं समन्वय समितिमा सचिव हेतमान कायस्थ, प्रचार प्रसार समितिको संयोजकमा हरिश्चन्द्र वाग्ले रहेका छन् ।
बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउन सम्पूर्ण तनहुँवासीलाई हार्दिक अनरोध गर्ने निर्णय गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।