राप्रपाले राष्ट्रिय एकता दिवस मनाउने, विभिन्न उपसमिति गठन

Devghat Online

शेयर गरौ

दमौली, पुस १७

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

राप्रपा जिल्ला कार्यसमिति तनहुँको मंगलबार बसेको बैठकले राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्ती भव्य र सभ्य रुपमा मनाउने निर्णय गर्दै जिल्ला अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा ५१ जनाको मुल आयोजक समिति गठन समेत गरेको छ ।
उक्त समिति अन्तर्गत आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष दुर्गाबहादुर पन्थ, व्यस्थापन एवं समन्वय समितिमा सचिव हेतमान कायस्थ, प्रचार प्रसार समितिको संयोजकमा हरिश्चन्द्र वाग्ले रहेका छन् ।

बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउन सम्पूर्ण तनहुँवासीलाई हार्दिक अनरोध गर्ने निर्णय गरिएको अध्यक्ष घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले