मेयर बालेन शाहद्वारा सचिवालय प्रमुखसहित तीन जना कर्मचारी निलम्बनमा

शेयर गरौ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गर्नुभएको छ । महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गर्नुभएको हो ।

कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बस्नुभएको छ । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको महानगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक