उद्योग वाणिज्य संघ चितवनको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

शेयर गरौ

चितवन, पुस १८-

उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन पुस २१ गतेदेखि २३ गतेसम्म हुँदै छ । संघको आगामी २०८०/८२ कार्यकालको लागि अधिवेशन हुन लागेको हो । अधिवेशनबाट २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित हुने छ ।

संघको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै छ भने सात जना निर्विरोध भएका छन् । संघको प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता राजकुमार श्रेष्ठका अनुसार सात जना कार्यसमिति सदस्य निर्विरोध भएका हुन् ।

कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कार्यसमिति सदस्य (कर्पाेरेटतर्फ) अमित कौडेल, राजकुमार कानु र कार्यसमिति सदस्य (वस्तुगततर्फ) दिपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकर प्रसाद घिमिरे निर्विरोध भएका हुन् ।

संघको अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष सिरिष पन्तले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । त्यसैगरी, एक जना वरिष्ठ उपाध्यक्षको लागि चिरञ्जिवी सुवेदी र राजन पिया, एक जना उपाध्यक्ष (उद्योगतर्फ)को लागि अशोक अधिकारी र थिरप्रसाद धिताल र एक जना उपाध्यक्ष (वाणिज्यतर्फ) रजनी मास्के र राजेन्द्र ओलीको उमेदवारी परेको छ ।

एक जना उपाध्यक्ष (कर्पाेरेट/वस्तुगततर्फ) जनक पौडेल र नारायण प्रधान, एक जना महिला कार्यसमिति सदस्यको लागि अस्मिता तिमिल्सिना र योगिता पियाको उमेदवारी परेको प्रमुख निर्वाचन अधिकृतले बताए ।

कार्यसमिति सदस्य (उद्योगतर्फ) छ जनाको लागि १२ जनाको उमेदवारी परेको छ । अशोक श्रेष्ठ, ईमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, महेश अधिकारी, रुद्र सुवेदी, लिलबहादुर क्षेत्री, शंकर अधिकारी, हिम्मत पुरी र हेमराज सिग्देलले उम्मेदवारी दिएका हुन् ।

कार्यसमिति सदस्य (वाणिज्यतर्फ) छ जनाको लागि सात जनाको उमेदवारी परेको छ । कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल र सुनिता लिगल कर्माचार्यको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको