पुर्व विद्यार्थीको कलमबाटः महायज्ञ सफल बनाउनु सबैको दायित्व

Devghat Online

शेयर गरौ

शर्मा सफल (विष्णु)

पूर्व बिद्यार्थी

यही पुष २७ गते देखि माघ २ गतेसम्म भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा हुन गैरहेको मकरस्नान महोत्सव २०८० मा सहभागी हुन सम्पूर्ण महानुभावहरु तथा हिन्दु धर्मावम्बीहरूको माहन पर्व माघे संक्रान्तिमा देवघाटमा हार्दिक स्वागत गर्दछौं ।

आउनुहोस् अब एक नजÞर देवघाट चितवन तर्फ रहेको हाम्रो अविभावक श्री सिताराम संस्कृत माध्यमिक विद्यालयको सक्षिंप्त जानकारी लिउँ । बि.सं २०३५ सालमा यो विद्यालयको जन्म भएको हो । ब्रम्हलिन बाबा श्री डिल्लीराम ब्रह्मचारी गुरुदेव यो विद्यालयको संस्थापक हुनुहुन्छ ।

कक्षा ६ देखि सुरु भएको यो विद्यालय हाल १२ कक्षा सम्म पठन पाठन सञ्चालन गर्दै आएको छ र १२ कक्षा सम्मै संस्कृत पढाइ हुने चितवन जिल्लाको एकमात्र सामुदायिक विद्यालय हो । विद्यालय स्थापनाकाल देखि नै आवासिय छात्राबास सञ्चालन रहिरहेको हजुरहरुलाई अवगत नै छ ।

विद्यालयको संस्कृत शिक्षा तथा समग्र विद्यालय पक्षको स्तरोन्नती गर्नका लागि अक्षयकोष स्थापनार्थ माघे संक्रान्ति लाई मध्यनजर राख्दै यही मिति २०८० पौष २७ देखि माघ २ गते सम्म मकरस्नान महोत्सव संचालन गर्ने तयारीमा छौं । यस पवित्र कार्यमा जोडिन हजुरहरुलाई हार्दिक आह्वान गर्दछु । हजुरहरुले आफूले सकेको गरेको सहयोगले हाम्रो ज्ञानको भण्डार श्री सिताराम विद्यालयलाई अझ थप टेवा पुग्ने छ । आउनुहोस सत्कर्ममा सबैले हातेमालो गरौंं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू