ढोरवाराहीमा युवा संघको विस्तारित बैठक

Devghat Online

शेयर गरौ

शुक्लागन्डकी, पुस १८

शुक्लागन्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिर परिसरमा बुधबार राष्ट्रिय युवा संघ नेपाल तनहुँको विस्तारित बैठक तथा भेला सम्पन्न भएको छ ।

युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न सो भेलालाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा संघका उपाध्यक्ष माहाराजा गुरुङ, स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेश इन्चार्ज अर्जुन पौडेल, केन्द्रीय सदस्य सम्पन्न श्रेष्ठ, नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्यद्वय श्यामराजा महत र कमल ढकाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

भेलामा करिब ३ सय जना युवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा स्थानीय तहमा निर्वाचित युवा संघका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा