नेत्रहिन संघको आयोजना दमौलीमा महायज्ञ सुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस १८

तनहुँ नेत्रहिन संघले संघको आयोजनामा बुधबारबाट दमौलीमा धनधान्यान्चल विराट ज्ञान महायज्ञ सुरु भएको छ । संघले आफ्नो भवन निर्माणकोलागि रकम संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । व्यास नपा–३ को खुल्ला मैदानमा आयोजना भएको सो महायज्ञको संविधानसभा सदस्य तथा पुर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले उद्घाटन गरिन् ।

नेपाल नेत्रहिन संघ तनहुँका अध्यक्ष चिनबहादुर कुमालको अध्यक्षतामा आयोजित महायज्ञ उद्घाटन कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, व्यास गुफाका पिठाधिश दामोदरबाबा, राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका उपसभापती देवकुमार श्रेष्ठ, नेकपा एमालेका सचिव राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका व्यास नगर अध्यक्ष रामचन्द्र सापकोटा, रिसेडका उपाध्यक्ष इश्वर बास्तोला, नेपाल नेत्रहिन संघ गन्डकी प्रदेशका सचिव छवि आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो महायज्ञमा ४० लाख बढि रकम संकलन गरि संघको भवन निर्माण गर्ने लक्ष्य लिएको तनहुँ नेत्रहिन संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । महायज्ञमा युवा पण्डित परशुराम काफ्लेले कथाबाचन गर्ने छन् । महायज्ञ पुस २६ गतेसम्म चल्नेछ ।

नेत्रहिन संघको भवन निर्माणकोलागि व्यास ५ का समाजसेवी कुलबहादुर गुरुङले ४ आना २ क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा आवासिय भवन बनाउन महायज्ञ गर्न लागिएको अधिकारीले बताए ।

अपाङ्गता भएका व्यक्तिहरु आफ्नो हक अधिकार प्राप्तीकोलागि संघर्ष गर्न पटक–पटक सदरमुकाम आउनुपर्दा बस्न र खानकै समस्या हुने भएकोले नेत्रहिन संघको पहलमा आवासिय भवन बनाउन लागिएको अधिकारीले बताए । उक्त महायज्ञमा सहभागी भई अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न अधिकारीले बताए ।

अपाङ्गता अधिकारकर्मी मदन पौडेलले तनहुँमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुले महायज्ञ आयोजना गर्न लागेको हुँदा उक्त महायज्ञलाई सबै जिल्लाबासीले सहयोग गर्ने अपेक्षा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष